Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

मालदह आँपको मूल्य दोब्बर, किसान भने अझै असन्तुष्ट

मालदह आँपको मूल्य दोब्बर, किसान भने अझै असन्तुष्ट
विज्ञापन
Advertisement

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको मूल्य दोब्बरले बढेको छ। तर बजारमा मूल्य बढे पनि किसानले त्यसको प्रत्यक्ष लाभ नपाएको गुनासो गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

दुई साताअघि १०० रुपैयाँमा साढे दुई केजी बिक्री हुने मालदह आँप अहिले प्रतिकेजी नै १०० रुपैयाँ मा बिक्री भइरहेको छ। उत्पादन घट्दै जाँदा बजारमा मूल्य बढेको व्यापारीहरू बताउँछन्।

तर धनुषाका किसानहरूको भनाइ भने फरक छ। उनीहरूका अनुसार व्यापारीले बगैँचाबाट सस्तोमा आँप किनेर बजारमा महँगो मूल्यमा बिक्री गरिरहेका छन्। त्यसैले प्रभावकारी बजार अनुगमन र मूल्य व्यवस्थापन आवश्यक भएको उनीहरूको माग छ।

किसानहरू धान रोपाइँ सुरु हुनुअघि बगैँचाको आँप बेच्न बाध्य हुने भएकाले व्यापारीले यही अवस्थाको फाइदा उठाउने गरेको उनीहरूको आरोप छ।
शीतभण्डार, प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावले किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको भन्दै उनीहरूले सरकारी हस्तक्षेपको माग गरेका छन्।

व्यापारीका अनुसार मालदह आँप अब करिब १० दिन मात्रै बजारमा उपलब्ध हुनेछ। त्यसपछि कलकत्तिया र आम्रपाली जातका आँप बजारमा आउनेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit