काठमाडौं । स्थानीय बजारमा लगातार चौथो कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा बिहीबार सुन तोलामा दुई हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ तोकिएको छ। बुधबार एक तोला सुन दुई लाख ८७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसअघि मंगलबार सुन तोलाको दुई लाख ८८ हजार रुपैयाँ, सोमबार दुई लाख ८९ हजार ४०० रुपैयाँ र आइतबार दुई लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । गत शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज एक तोला चाँदीको मूल्य चार हजार ३४० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला चार हजार ५०० रुपैयाँमा कारोबार खरिदबिक्री भएको थियो। यो मूलय अघिल्लो दिनको तुलनामा १६० रुपैयाँको गिरावट हो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





