Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

टिकटकले नेपालबाट प्रयोगकर्ताको १९ लाख ६१ हजार भिडियो हटायो

टिकटकले नेपालबाट प्रयोगकर्ताको १९ लाख ६१ हजार भिडियो हटायो
विज्ञापन
Advertisement

काठमाडौं। टिकटकले सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी–मार्च) मा नेपालबाट कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने १९ लाख ६१ हजार ६९८ वटा भिडियो हटाएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

टिकटकले सार्वजनिक गरेको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टअनुसार हटाइएका भिडियो नेपालमा सो अवधिमा अपलोड भएका कुल भिडियोको करिब ०.४ प्रतिशत हो। उल्लङ्घन गर्ने सामग्री हटाउने सक्रिय दर ९९.२ प्रतिशत रहेको थियो भने ८६.५ प्रतिशत भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको जनाइएको छ । यस अवधिमा थप समीक्षापछि नेपालका ६१ हजार ९९२ भिडियो पुनःस्थापित गरिएको टिकटकले जानकारी गराएको छ।

विश्वव्यापी रूपमा भने टिकटकले जनवरीदेखि मार्च २०२६ सम्म १८ करोड ४० लाखभन्दा बढी भिडियो हटाएको छ। साथै, ८ करोड ६२ लाखभन्दा बढी फेक एकाउन्ट र १३ वर्षभन्दा कम उमेरका हुन सक्ने २ करोड ५७ लाखभन्दा बढी एकाउन्ट हटाइएको रिपोर्टमा उल्लेख छ।

टिकटकका अनुसार प्लेटफर्ममा सुरक्षित डिजिटल वातावरण कायम गर्न कन्टेन्ट मोडेरेसन प्रणालीमा अटोमेटेड डिटेक्सन प्रविधिको प्रयोग बढाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit