images images
images images
images
images
images

नेपालगन्ज आइपुग्यो भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान

images

नेपालगन्ज। गत पुस १४ मा फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत् आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ।

विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३.५८ प्रति किमि घण्टा ब्याट्री रहेको छ जसले ३०० किमी सम्मको दायरा प्रदान गर्दछ। १३० प्रति किमि घण्टाको चरम शक्ति र ३३० एमएमको अधिकतम टर्क भएको यो ईभी भिरालो बाटाहरुमा पनि सजिलैसँग यात्रा गर्नेगरी बनाइएको छ।

images

उद्घाटनको यस महत्वपूर्ण अवसरमा फोटोन नेपालले ३ दिने एक्सक्लुसिभ टेस्ट ड्राइभ कार्यक्रमको पनि आयोजना गर्दैछ जहाँ ग्राहकहरूले माउन्टेन ईभी भ्यानको असाधारण प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। उद्घाटनपछि फोटोन नेपालले सुर्खेत रोड, मिलननगर, वडा–२० (भेरी कर्णाली पेट्रोल पम्पको अगाडि) मा आफ्नो नयाँ शोरुमको पनि उद्घाटन गरेको छ।

एमएडब्लु वृद्धी ग्रुपका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता, वेस्टर्न अटो सेन्टरका प्रबन्ध निर्देशक विवेककुमार श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका थिए। कार्यक्रममा ग्राहकको सुविधा र सहायता अझ बढाउनका लागि संचालित फोटोन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको थियो।

माउन्टेन ईभी भ्यान नेपालगन्ज जस्ता सहरहरूमा स्कूल यातायात, सरकारी फ्लीट र कर्मचारी शटलहरू सहित विभिन्न कार्यहरूमा प्रयोगहरूको लागि उपयुक्त छ। १४(१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइनको साथमा यसले दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात प्रदान गर्दछ।

एमएडब्लू वृद्धीका एमडी विवेक सिकरियाले विश्वास व्यक्त गर्दै भने, “देशको विविध र चुनौतिपूर्ण सडक अवस्थालाई सम्हाल्न सक्ने वातावरणमैत्री र शक्तिशाली विकल्प प्रदान गर्दै फोटोन माउन्टेन ईभी भ्यान नेपालीहरूको यात्रा गर्ने शैलीलाई रूपान्तरण गर्न तयार छ।”

एमएडब्लू वृद्धी ग्रुपका सीईओ तुषार गुप्ताले फोटोनको बलियो विरासतलाई सम्झँदै भने, “चीनमा १९ वर्षदेखि बजारको नेतृत्व गर्दै र भारत र दक्षिण अमेरिकामा उल्लेखनीय उपस्थिति जनाइसकेको फोटोन बेजोड ईभी विशेषज्ञता सहित नेपालमा उपस्थित भएको छ। माउन्टेन ईभी भ्यान हाम्रै बजारका अद्वितीय आवश्यकताहरू पूरा गर्न तयार गरिएको हो।”

माउन्टेन ईभी भ्यानका मुख्य विशेषताहरू

-अटो होल्ड नियन्त्रण

-स्मार्ट पार्किङ सहायता र हिल होल्ड नियन्त्रण

-दुई ड्राइभिङ मोडहरू

– आर१६ टिकाउ टायर

असाधारण पुलिङ पावर, विस्तारित दायरा र उच्च स्तरका विशेषताहरुका साथ माउन्टेन ईभी भ्यानले नेपालको विद्युतीय सवारीको बजारमा नयाँ मानक स्थापित गर्दैछ। यो सुरुवातले देशको यातायात क्षेत्रमा हरित भविष्यको लागि मार्ग प्रशस्त गर्दै स्थिरता र नवीनताप्रतिको फोटोनको समर्पणलाई प्रतिबिम्बित गर्दछ।

नेपालभर अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्ने एमएडब्लू समूह र वृद्धि समूहबीचको साझेदारीमा सन् २०१४ देखि कार्यरत एमएडब्लू वृद्धि अन्तर्गत फोटोन नेपाल सञ्चालित छ।

images
images

प्रतिक्रिया दिनुहोस्