Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

हवाई मार्ग असुरक्षित बनेपछि निगमद्वारा यात्रुलाई सम्पर्क गरेर मात्र विमानस्थल जान आग्रह

हवाई मार्ग असुरक्षित बनेपछि निगमद्वारा यात्रुलाई सम्पर्क गरेर मात्र विमानस्थल जान आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । इरान र इजरायल–अमेरिकाबीच चर्किएको सैन्य तनावका कारण मध्यपूर्वको आकाश असुरक्षित बनेपछि नेपाल वायुसेवा निगमले आफ्ना उडानहरूमा उच्च सतर्कता अपनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

मध्यपूर्वका युद्धग्रस्त क्षेत्रको हवाई मार्ग (रुट) मा सुरक्षा थ्रेट बढ्दा यात्रुको सुरक्षा जोखिममा पर्न सक्ने भन्दै निगमले दोहा, दुबई र दमामका उडानहरू स्थगन गरेको जनाएको छ । मंगलबार निगमले प्रेस विज्ञप्ति जारी गर्दै दोहा उडान रद्द गरिएको विषयमा थप स्पष्ट पारेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिका (सेड्युल) मा समय तोकिएको भएपनि प्राविधिक र सुरक्षाका कारण ती उडानहरू हाललाई स्थगित गरेको जनाएको हो ।

निगमले आफ्ना ग्राहकको सुरक्षालाई केन्द्रमा राखेको उल्लेख गर्दै विमानस्थलको सूचनाका कारण यात्रुमा पर्न सक्ने अन्योल चिर्न तदारुकता देखाएको छ । ‘नेपाल वायु सेवा निगमको मध्यपूर्व दुबई, दोहा र दमाममा हुने आगामी दिनका उडान सम्बन्धमा निगमको सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ’ निगमले जारी गरेको सूचनामा उल्लेख छ।

गत शनिबार इरानमाथि अमेरिका–इजरायलले संम्युक्त सैन्य आक्रमण गरेका थिए । त्यसयता खाडी राष्ट्रहरुबीच सुरु भएको द्वन्द्वले मध्यपूर्वको हवाई रुटमा ठूलो फेरबदल ल्याएको छ भने नेपाल एयरलाइन्सका मध्यपूर्व उडानहरू पनि प्रभावित बनेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit