Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

‘पश्चिम एसियाको द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्छ’

‘पश्चिम एसियाको द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्छ’
विज्ञापन
Advertisement

काठमाडौं । वाणिज्य विद् रविशंकर सैंजुले मध्य पुर्व तथा पश्चिम् एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

‘एसिया द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ । वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैंजुले भने, ‘अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ ।’

उनका अनुसार द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र पनि प्रभावित हुनेछ । सैंजुले भने, ‘द्वन्द्वका कारण हवाइ यातायात प्रभावित हुने र त्यसको असर हाम्रो पर्यटन व्यवसायमा पर्ने देखिन्छ। अहिले विभिन्न स्थानका विमानस्थलहरुमा नै पर्यटक रोकिनुपर्ने स्थिति बनेको छ । यो अवस्थाका कारण नेपाल आउने पर्यटकमा कमि आउने देखिएको छ ।’

उनले पर्यटकले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएकाले यस्ता विषयले नेपालको पर्यटन व्यवसायमा असर पुराउने धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit