Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

पर्यटकीय सम्भावनाको उपयोगमा जोड

पर्यटकीय सम्भावनाको उपयोगमा जोड
विज्ञापन
Advertisement

गण्डकी । गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले यहाँका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म पुु¥याउनुपर्नेमा जोड दिइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

परराष्ट्र मन्त्रालयद्वारा सोमबार पोखरामा आयोजित प्रदेशस्तरीय आर्थिक कूटनीतिसम्बन्धी कार्यक्रमका सहभागीले प्रदेशका पर्यटकीय सम्भावनाको उपयोग गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुु¥याउनुपर्नेमा जोड दिएका हुन् ।

गण्डकी धेरै पर्यटकीय सम्भावना बोकेको प्रदेश भएको बताउँदै कार्यक्रमका सहभागीले यहाँका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुु¥याउँदै रोजगारीका आवसर सृजना गरी स्थानीयको आर्थिकस्तर वृद्धि गर्नेतर्फ तीनै तहका सरकारले सक्रियता बढाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टले सकारात्मक सोचका साथ हाम्रा पर्यटकीय सम्भावनाहरूको उपयोग हुनुपर्ने आवश्यकता औल्याँए। सम्बन्धित निकायका सबैले आ–आफ्नातर्फबाट तथ्याङ्क राख्ने प्रणाली विकास गरेमा त्यसका देखिएको समस्या निराकरण हुँदै जाने उनले विश्वास व्यक्त गरे।

पराष्ट्र मन्त्रालयका सहसचिव लक्ष्मण खनालले पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई सबैको साथ र सहयोगमा उजागर गर्न सकिने धारणा राखे । मन्त्रालयले पर्यटनको अन्तर्राष्ट्रिय बजारीकरणका लागि विभिन्न कार्यक्रमलाई पनि अघि बढाइरहेको बताउँदै आवश्यकताअनुुसार यस क्षेत्रको विकासका लागि सहजीकरण गर्ने उल्लेख गरे ।

प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले पर्यटन प्रवर्द्धन गरी रोजगारीका अवसर सृजना गर्न पर्यटन सम्बद्ध सङ्घसंस्थासँग सहकार्य गर्दै अघि बढिरहेको जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यलय प्रमुख नवीन पोख्रेलले फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले पहिलोपटक अन्नपूर्ण प्रथमको आरोहण गरी पर्वतीय पर्यटनको सुरुआत यही प्रदेशबाट गरेको बताए। उनले सोक्षेत्रको पर्यटन प्रवर्द्धन गर्न योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिए ।

टिसर्ट लगाएर हिमाल हेर्न सकिने गन्तव्यका रूपमा गण्डकी प्रदेशले विशिष्टता बोकेको बताउँदै पोख्रेलले कालीगण्डकीदेखि दामोदरकुण्ड, ढोरपाटनजस्ता पर्यटकीयस्थल यही क्षेत्रमा रहेको उल्लेख गरे। यकीन तथ्याङ्कको अभाव, पूर्वाधार अभावलगायत समस्याको समाधानका लागि सम्बद्ध सबै पक्षले पहल गर्नुुपर्ने आवश्यकता औँल्याउँदै उनले विविधतायुक्त पर्यटकीय विविधतालाई उपयोग गर्नुुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका सल्लाहकार लक्ष्मीप्रसाद त्रिपाठीले यकीन तथ्याङ्कको अभाव कायम रहेको बताउँदै खुला सिमानालगायत कारण पनि समस्या आएको उल्लेख गरे । कृषकको उत्पादनको मूल्य निर्धारणसँगै उत्पादित वस्तुको सहज बजारीकरणमा सरकारले जोड दिनुुपर्ने उनको भनाइ छ । उहाँले दक्ष जनशक्तिको स्वदेशमा नै उपयोगसँगै व्यवसायमा लगाइने कर एकद्वार प्रणालीमार्फत लिनुपर्ने आवश्यकता औँल्याए ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन नेपाल(टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटन क्षेत्रको समग्र विकास एवं प्रवर्द्धनमा विदेशस्थित कूटनीतिक नियोगहरूको भूमिका महत्वपूर्ण हुने धारणा राखे । अग्रज पर्यटन व्यवसायी विश्वशङ्कर पालिखे, पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा, पर्यटन विज्ञ वासु त्रिपाठी, दीपेन्द्र पहारी, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव जानुुका पराजुली, होटल एशोसिएसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीलगायत वक्ताले आ–आफ्नो धारणा राखे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit