Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

नेप्सेमा सुधार, कारोबार ६ अर्ब २६ करोड नाघ्यो

नेप्सेमा सुधार, कारोबार ६ अर्ब २६ करोड नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से १४.१७ अंकले बढेको थियो भने बुधबार १३.९५ अंकले घटेको थियो। यसअघि लगातार छ कारोबार दिन बजार उकालो लागेको थियो।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार नेप्सेमा ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आज ३५३ कम्पनीका १ करोड ३७ लाख ६९ हजार कित्ता शेयर ७० हजार १५८ पटक खरिदबिक्री भएका छन्।

कारोबारमा सहभागी कम्पनीमध्ये १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको घटेको छ। १५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। आज एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ८४ रुपैयाँ ९० पैसा बढेर ६५१ रुपैयाँ १० पैसामा पुगेको छ। त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेसेयर मूल्य पनि १४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सगरमाथा जलविद्युत कम्पनीको शेयर करिब ७ प्रतिशतले उकालो लागेको छ।

यता, १० प्रतिशत सानिमा बैंक डिबेञ्चरको मूल्य सबैभन्दा धेरै ८.९२ प्रतिशतले घटेको छ।कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ३० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको करिब २७ करोड ५० लाख रुपैयाँ र कुमारी बैंकको २५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

उपसमूहतर्फ १३ मध्ये ७ उपसमूहका परिसूचक बढेका छन् भने ६ उपसमूह घटेका छन्। बैंकिङ उपसमूह सबैभन्दा धेरै १.१७ प्रतिशतले बढेको छ। विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त तथा निर्जीवन बीमा उपसमूह पनि हरियालीमा रहे। यद्यपि, म्युचुअल फन्ड उपसमूहमा सबैभन्दा धेरै २.०८ प्रतिशतको गिरावट आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit