Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

दीपक भट्टसँग कनेक्सन कसुरमा नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ रिमाल पक्राउ

दीपक भट्टसँग कनेक्सन कसुरमा नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ रिमाल पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

सीआईबीका अनुसार रिमाललाई बिहीबार काठमाडौं महानगरपालिका–७ सिफल क्षेत्रबाट पक्राउ गरिएको हो । उनी नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी र दिपक भट्टसमेत प्रतिवादी रहेको मुद्दामा फरार रहेका थिए।

रिमालविरुद्ध बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा अघि बढाइएको छ । जिल्ला अदालत, बबरमहलमा मुद्दा दायर भएपछि रिमाल नेपाल माइक्रो इन्स्योरेन्सको सीईओ पदबाट निलम्बनमा परेका थिए। सीआईबीले घटनाबारे थप अनुसन्धान अघि बढाइने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit