
तनहुँ । निर्माण थालेको चार वर्ष बितिसक्दा समेत बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । पुल निर्माणको भौतिक प्रगती चार वर्षमा जम्मा ३० प्रतिशत मात्र भएको छ ।
मूल्य अभिवृद्धि करसहित १५ करोड ५९ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा गर्न नसकेको बताएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले निर्माण कम्पनीलाई हालसम्म आठ करोड १३ लाख भुक्तानी भइसकेको बताएका छन् ।
‘टेल फाउण्डेशन’मा निर्माण हुने पुलको लम्बाइ एक सय ५० दशमलव ४ मिटर हुनेछ । चार वटा स्पानमध्ये हालसम्म एउटा मात्र बनेको छ ।
प्रतिक्रिया दिनुहोस्