Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

निर्वाचन क्षेत्रको विकासमा समय दिने अध्यक्ष दाहालको प्रतिबद्धता

निर्वाचन क्षेत्रको विकासमा समय दिने अध्यक्ष दाहालको प्रतिबद्धता
विज्ञापन
Advertisement

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि समय दिने प्रतिबद्धता जनाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्रीसमेत  रहेका उनले आज गोरखा नगरपालिका– १४ गोप्लिङस्थित सहिद परिवारसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रमा चाहे जति समय दिन नसकेकाले अब बाँकी समय निर्वाचन क्षेत्रको विकास निर्माणलाई दिने प्रतिबद्धता जनाएका हुन् ।

अध्यक्ष दाहालले सहिदहरुको बलिदानका कारण नै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको बताए । परिवर्तनका लागि ज्यानको बलिदान दिने सहिदहरु देशको साझा सम्पत्ति भएको उनले उल्लेख गरे । अध्यक्ष दाहालले १० वर्षे सशस्त्र सङ्घर्षका क्रममा एकै घरबाट तीन जनाले ज्यान गुमाएका गोरखा नगरपालिका–१४ गोप्लिङस्थित सहिद गुप्तबहादुर नहर्की, सरस्वती नहर्की र कल्पना नहर्कीको परिवारसँग भेट गरे ।

आजै उनले पालुङ्टार–८, स्थित जनयुद्धका क्रममा ज्यान गुमाउनु भएका सहिद वीरेन ओलियाको परिवारसँग पनि भेटघाट गरी सहिद परिवारको अवस्थाको बारेमा जानकारी लिए । अध्यक्ष दाहाल गोरखा नगरपालिका–१०, स्थित मिरकोटमा सुरु हुन लागेको मिरकोटगढी महोत्सवको उद्घाटन गर्न आज गोरखा पुगेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit