images images
images images
images
images
images

वुमन्स फुटबल च्याम्पियनसिपः फाइनलमा म्यानमारसँग पराजि

images

 काठमाडाैं । नेपाली महिला फुटबल टोली फेरि एकपटक फाइनलमा पराजित भएको छ । घरेलु मैदानमा भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित हुन पुगेको छ । १५ वर्षको अवधिमा १३औं फाइनल खेल खेलेको नेपाल म्यानमारसँग २–० गोलले पराजित हुन पुग्यो ।

१३औं फाइनल खेलेको नेपालले हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । म्यानमारका लागि यु पर खाङ र विङ तेइन्जी तुनले एकएक गोल गरे । खाङले ६२औं र तुनले ६५औं मिनेटमा गोर गरेका थिए ।

images

त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा नेपाल फेरि एकपटक उपविजेतामा सिमित हुन पुग्यो । नेपालले धेरै पटक गोल गर्ने अवसर पाए पनि गोल निकाल्न सकेन । फिनिसिङमा चुक्दा नेपालले कुनै पनि गोल गर्न सकेन । योसँगै पछिल्लो एक वर्षमा नेपाल तेस्रो पटक फाइनलमा असफल भएको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्