images images
images images
images

बढ्यो सुन चाँदीको मूल्य

images
images
images

काठमाडौँ । नेपाली बजारमा आज सुन तोलाको १ हजार ९०० रुपैयाँ बढेको छ। चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ। शुक्रबारदेखि सोमबारसम्म सुन प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार हुँदै आएको थियो।

images
images

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ३५ रुपैयाँले बढेर तोलाको १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्