Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बालविवाह सामाजिक समस्या र कानुनी अपराध होः मुख्यमन्त्री कार्की

बालविवाह सामाजिक समस्या र कानुनी अपराध होः मुख्यमन्त्री कार्की
विज्ञापन
Advertisement

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह सामाजिक समस्या र कानुनी अपराधका रूपमा रहेकाले सबैले यसका विरुद्ध ऐक्यबद्धता जनाउनुपर्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित ‘बालविवाह विरुद्ध प्रतिबद्धतापत्र’मा हस्ताक्षर गर्दै उनले बालविवाहका कारण बालिकाको मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भीर असर पर्ने बताए । उनले बालविवाह नियन्त्रणमा समाजका सबै व्यक्ति जिम्मेवारपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बालविवाहको अन्त्य र नियन्त्रण गर्न अभियानका रूपमा नीति तथा कानुनी निर्माण गरी अगाडि बढेको जानकारी दिए । प्रदेशमा बालविवाह निषेध गरिएको भन्दै कतिपय दुर्गमस्थान तथा पछाडि परेका वर्गमा यो समस्या विद्यमान रहेकाले यसको नियन्त्रण गर्न सुरक्षा निकाय, समाजका सरोकार भएका निकाय एकजुट भएर लाग्नुपर्ने आवश्यकता उनले औँल्याए।

हस्ताक्षर कार्यक्रममा सामाजिक अभिन्ता बालकृष्ण पाण्डे, डा गङ्गाधर अधिकारीलगायतले अन्य प्रदेशमा पनि बालविवाहविरुद्ध प्रतिवद्धता हस्ताक्षर अभियान सञ्चालन गरिसकेको जानकारी दिए। कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको उपस्थिति थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit