images images images
images images images
images
images
images

१२ वटै उपसमूहको सूचक घट्दा पनि यी कम्पनीले कमाए नाफा

images

 काठमाडाैं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २०.६८ अंकले घटेर २ हजार७५१.४२ विन्दुमा आइपुगेको छ । घटेको बजारमा विशेषगरी इन्स्योरेन्स र लघुवित्तमा लगानीकर्ता झुम्मिएका छन्। यो दिन घटेको बजारमा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, गोर्डेन माइक्रो लाइफ इन्स्योरेन्स,वेन नेपाल लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय सस्था, ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले मनग्य नाफा आर्जन गरेका छन् । यी कम्पनीको शेयर मूल्य २.५६ प्रतिशतदेखि ९.९८ प्रतिशतले बढेको छ ।

बैंक तर्फ लगानीकर्ता दुई नाफा गरेपछि अन्य सेक्टरतर्फ आकर्षक बढाउन थालेका छन् । अघिल्लो दिन जलविद्युत तर्फ आकर्षण बढाएका छन् । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३११ कम्पनीको १ करोड ५० कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ । पछिल्लो दुई सातादेखि नेपाल रिइन्स्योरेन्सको कारोबार सर्वाधिक भएको छ । ७३ करोड ५० लाख रुपैयाँ कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी,घलेम्दी हाइड्रो,गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स ३० करोड रुपैयाँमाथिको कारोबार भएको छ।

images
images

घटेको बजारमा उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रो पावरको शेयर मूल्य ५.८६ प्रतिशतदेखि ६.९८ प्रतिशतसम्मले घटेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्