Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

होल्डिङ सेन्टरका बालबालिकालाई निजी विद्यालयमा निःशुल्क पढाउन प्याब्सनलाई महानगरको आग्रह

होल्डिङ सेन्टरका बालबालिकालाई निजी विद्यालयमा निःशुल्क पढाउन प्याब्सनलाई महानगरको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रममा रहेका होल्डिङ सेन्टरका बालबालिकाहरूलाई आवासीय सुविधासहित निःशुल्क शिक्षा उपलब्ध गराउन निजी तथा संस्थागत विद्यालयहरूलाई आग्रह गरेकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज राष्ट्रिय सभा गृहमा आयोजित बैठकमा प्याब्सन र एनप्याब्सनका केन्द्रीय, जिल्ला तथा महानगर स्तरीय पदाधिकारीहरूसँग छलफल गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । कार्यवाहक प्रमुख डंगोलले अहिलेको परिस्थितिमा प्रश्नहरू उठाउनुभन्दा माथि उठेर बालबालिकाको सर्वोत्तम हित र मानवताका लागि काम गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाहरुको शिक्षाका लागि हामी सबैले मिलेर काम गरौँ । उनीहरुलाई नियमित विद्यालय जाने अवसर प्रदान गरौँ । हामी मिलौँ र बालबालिकाको सर्वोत्तम हितमा काम गरौँ ।’

सुकुम्बासी बस्तिबाट हटाइएका बालबालिकाहरुलाई आवास सुविधा सहित निःशुल्क अध्ययन गराउन महानगरले सुविधा भएका निजी तथा संस्थागत विद्यालयहरुबाट सहयोगको अपेक्षा गरेको उल्लेख गर्दै सबैले प्रश्नभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिइन् । डंगोलले भनिन्, ‘मलाई थाहा छ । तपाईँहरुले यावत प्रश्न छन् । हामीसँग ती प्रश्नहरुको जवाफ खोजीरहनु भएको छ । हामी ती प्रश्नको जवाफ दिन्छौँ । तर, अहिले प्रश्नभन्दा माथि उठेर काम गर्नु पर्ने बेला हो।’

महानगरको यस प्रस्तावप्रति निजी विद्यालय सञ्चालकहरूले सकारात्मक प्रतिक्रिया दिएको डंगोलको सचिवालयले जनाएको छ । छलफलमा सहभागी पदाधिकारीहरूले महानगरको यस तत्परताले आफूहरूलाई थप जिम्मेवार बनाएको महसुस भएको बताएका छन्।छलफलमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने, प्याब्सनका महासचिव आ. वि. कटुवाल र एनप्याब्सनका महासचिव प्रकाश खड्का लगायतका पदाधिकारीहरूले यस मानवीय कार्यमा सहकार्य गर्न तत्परता देखाएको जनाइएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit