Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
विज्ञापन
Advertisement

झापा । मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ ।

विज्ञापन
Advertisement
Advertisement

मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर–७ मा सतिघट्टा छोटी भन्सार र गौरीगन्ज–१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए ।

हाल गौरीगन्ज–२ स्थित आठमौजाबाहेक अरु छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले बताए । ‘आठमौजा छोटी भन्सारचाहिँ सञ्चालनमा छ, तर खासै भन्सार कारोबार हुनसकेको छैन’, उनले भने , ‘अरु नाकाबाट खासै व्यापार नभएका कारण छोटी भन्सार नचलेका हुन् ।’

आयात र निर्यात कारोबार हुनका लागि भन्सार कार्यालयमात्र भएर पुग्दैन । क्वारेन्टाइनलगायतका कार्यालय पनि आवश्यक पर्दछ । छोटी भन्सारमा अन्य कुनै पनि सुविधा र सेवा उपलब्ध छैन ।

पूर्वी प्रवेशद्वार काँकरभिट्टामा मेची भन्सार कार्यालय छ । जहाँ सुक्खा बन्दरगाह, अध्यागमन कार्यालय, क्वारेन्टाइन कार्यालय र प्रविधियुक्त जाँच कक्षहरू रहेका छन् ।

मेचीनगर–४ मा रहेको बाहुनडाँगी छोटी भन्सार विगत आठ वर्षदेखि बन्द रहेको स्थानीय वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए । ‘के–कस्तो सहयोग आवश्यक पर्छ, हामी जनस्तरबाट दिन तयार छौँ’, छोटी भन्सार सञ्चालन गर्न आग्रह गर्दै वडाध्यक्ष कार्कीले भने , ‘विसं १९९० देखि चल्दै आएको नेपालकै पुरानोमध्येको सीमाबजार हो बाहुनडाँगी । ऐतिहासिक पृष्ठभूमि बोकेको यो भन्सारलाई बन्द गरिँदा हामीलाई दुःख लागेको छ ।’

राणाकाल र पञ्चायतकालमा समेत सीमानाकाका रूपमा बाहुनडाँगीलाई मान्यता दिइएको स्मरण गर्दै उहाँले इलाम र झापाका मानिसहरू भारतको नक्सलबारी र कोलकातासम्म आवतजावत गर्ने यो पुरानो भन्सार भएको बताए।

उक्त छोटी भन्सारको आफ्नै १३ धुर जग्गामा पुरानो भवनसमेत रहेको छ । हाल भवनको रेखदेख र रङरोगन वडा कार्यालयले गरिरहेको जनाएको छ ।

आठ वटामध्ये सञ्चालनमा रहेको आठमौजा छोटी भन्सार काँकरभिट्टाको मूल भन्सारबाट ७५ किलोमिटर पश्चिम दक्षिणमा रहेको छ । यहाँको भारततिर फत्तेपुर बजार रहेको छ ।

नकलबन्दा, सतिघट्टा, महाभारा र गाडागल्ली छोटी भन्सारको जीर्ण अवस्थाको आफ्नै भवन छ । तर, सीमापारि भारतीय क्षेत्रमा ठूलो बजार छैन । सशस्त्र प्रहरीले यी सीमानाकामा सुरक्षा दिँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit