Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’

पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’
विज्ञापन
Advertisement

सिचुवान (छोङ्छिङ)। पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) तथा ‘सेल्स मिसन’ आयोजना गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यहाँ आयोजित कार्यक्रममा दुवै नगरका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित भएमा पर्यटकीय साझेदारीलाई थप प्रभावकारी बनाउँदै लैजान सकिने बताएका थिए । छोङछिङका पर्यटन व्यवसायीले पोखरा र छोङछिङको भौगोलिक अवस्थिति मिल्दोजुल्दो भएको बताउँदै यहाँबाट पर्यटकहरू पोखरा लैजाने आफूहरूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । यहाँका संस्कृति एवं पर्यटन विकास आयोगका उपमहानिर्देशक वाङ हाओले पोखरासँग पर्यटकीय साझोदारी बढाउन आफूहरू उत्साहित भएको बताउनुभयो । नेपाल र चीनबीचको औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगिसकेको उल्लेख गर्दै उहाँले दुई देशबीचका नागरिक नागरिकको सम्बन्धलाई पनि साझेदारीले महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले प्रकृति, संस्कृति र साहसिक पर्यटन नै पोखराको विशिष्टता भएको बताउँदै पोखरा भ्रमणका लागि छोङछिङवासीलाई आग्रह गर्नुभयो । उहाँले आफूहरूको तर्फबाट पोखरा—छेन्दुमा उडानलाई सफल बनाउन सम्पूर्ण सहयोग रहने बताउनुभयो । पोखरा भ्रमण वर्षका अवसरमा विभिन्न पर्यटकीय प्याकेजमा विशेष छुटका योजना पनि सार्वजनिक गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले जानकारी गराए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको महत्वपूर्ण गन्तव्य भएको बताउँदै यो चिनियाँ पर्यटकको रोजाइमा परिरहेको बताए। पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारमा कमी नरहेको बताउँदै उहाँले पर्यटकको बढ्दो आगमनसँगै अन्य पूर्वाधार बढ्ने धारणा राखे।

नेपाल पर्यटन बोर्डको आयोजना एवं पोखरा पर्यटन परिषद् र छिन्दुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चाटर्ड उडानमार्फत यहाँ आएका पोखराका पर्यटन व्यवसायी सिचुवान प्रान्तका छिन्दु, लुझाउलगायत सहरमा उच्चस्तरीय भेटघाटसँगै पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमका साथ शनिबार छोङछिङ आइपुगेको हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit