काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा नगर विकास कोषलाई पुनर्संरचना गर्ने नीति लिएको छ । आज संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२र८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नगर विकास कोषलाई पुनःसंरचना गरिने जानकारी दिए ।
“सहरी पूर्वाधारका लागि थप पुँजी परिचालन गर्न नगर विकास कोषलाई पुनःसंरचना गर्दै यसको स्वामित्व सङ्घ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाहरूको बीचमा वितरण गरिनेछ,” पौडेलले भने, “आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाइनेछ ।”
यस्तै सरकारले काठमाडौं उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र अन्य पर्यावरणीय सुधारका कार्यहरू गरिने लक्ष्य लिइएको नीति कार्यक्रममा उल्लेख गरेको छ । काठमाडौंको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्कका रूपमा विकास गरिने सहरी विकास मन्त्रालय अन्तर्गतको नीति रहेको जनाएको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्