Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

विभागको छापापछि बागमतीका मुख्यमन्त्री बानियाँले भने– सुशासनको पक्षमा सहयोग गर्न तत्पर छु

विभागको छापापछि बागमतीका मुख्यमन्त्री बानियाँले भने– सुशासनको पक्षमा सहयोग गर्न तत्पर छु
विज्ञापन
Advertisement

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मुख्यमन्त्री बानियाँले आज प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई सकारात्मक रुपमा लिएको र राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा सहयोग गर्न तत्पर रहेको बताएका हुन् । सम्पति शुद्धिकरण अनुसन्धान विभागका नाममा आफ्नो घरमा गरेको छापामारीले व्यक्तिगत र सामाजिक चरित्रमाथि आघात पुगेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रुपमै उपस्थित हुने अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति दुःख लागेको विज्ञप्तिमार्फत जनाएका छन् ।

राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले आफू संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाँले सङ्घीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वका रुपमा सधैँ साथ रहने उल्लेख गरेका छन् ।

मुख्यमन्त्री भएपछि आफूले सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई मुख्य प्राथमिकतामा राखेर जनाउँदै मुख्यमन्त्री बानियाँले सोही अनुरुप प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययिताका लागि निरन्तर काम गरिरहेको जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि आजै सम्पति शुद्धिकरण अनुसन्धान विभागको टोलीले मुख्यमन्त्री बानियाँको काठमाडौंको नक्साल र सुन्धारा तथा हेटौँडा उपमहानगरपालिका–५ पिप्लेस्थित घरमा छापा मारेको थियो । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँको बानियाँ निर्माण सेवा कम्पनी समेत रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit