Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

शेखर गोल्छालाई धरौटी वा जमानतमा छोड्न परमादेश

शेखर गोल्छालाई धरौटी वा जमानतमा छोड्न परमादेश
विज्ञापन
Advertisement

काठमाडौं।सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छोड्न परमादेश दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

पछि ठहरे बमोजिमको हुने भन्दै उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।बन्दीप्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै उनलाई छाड्ने आदेश दिएको हो।

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०४ (१) लाई औंल्याउँदै अदालतले गोल्छालाई हिरासतमा राखिने कार्य कानूनसम्मत नरहेो ठह्याएो छ । उक्त दफा अनुसार मुद्दाको तहकिकात गर्दा आरोपि फरार भाई बेपत्ता हुनसक्ने कुनै मनासिब कारण भएमा वा बिगो हानी नोक्सानी भएको देखिएमा अनुसन्धान अधिकारीले आवश्यक धरौटी वा जेथा जमानत माग्न सक्छन् ।

त्यस्तो धरौटीमा वा जमानत नदिएमा मात्रै निजलाई थुनामा राख्न सकिने व्यवस्था अदालतले सम्झाएको छ ।
आदेशमा भनिएको छ, ‘सो कानूनी व्यवस्था अनुसार यी निवेदकसँग प्रत्यर्थी अनुसन्धान अधिकारीले धरौट वा जमानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने दिने कार्य भएको हुँदा निजलाई हिरासतमा राखने गरी भएको मिति २०८३/१/११ र मिति २०८३/१/२१ समेतका आदेश उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit