Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

धितोपत्र बोर्डको अध्यक्ष बन्न ४७ जनाको आवेदन

धितोपत्र बोर्डको अध्यक्ष बन्न ४७ जनाको आवेदन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि सोमबारसम्म ४७ जना आकांक्षीहरूले आवेदन दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

अध्यक्ष चयनका लागि अर्थ मन्त्रालयले यही वैशाख १५ गते सूचना प्रकाशित गरेको थियो । सूचना बमोजिम आजसमम कार्यालय समयभित्र आवेदन दिने समय सीमा तोकिएको थियो। धितोपत्र बजारको नियामक निकायको प्रमुख बन्नका लागि यसपटक उच्च चासो देखाउँदै बोर्डका बहालवाला तथा पूर्व कर्मचारीहरू, पूर्व मर्चेन्ट बैंकर, चार्टर्ड एकाउन्टेन्ट तथा पुँजी बजारको क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरूले आवेदन परेको मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि मन्त्रालयले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा ७ वर्षको अनुभव अनिवार्य हुनुपर्ने योग्यता तोकेको थियो । अध्यक्ष छनोटका लागि मन्त्रिपरिषद्ले गत वैशाख ८ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्ट संयोजक रहेको तीन सदस्यीय समिति बनाएको थियो । जसमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवनकुमार दाहाल सदस्य छन् ।

अब यो समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी सर्टलिस्ट तयार गर्नेछ। त्यसपछि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका माध्यमबाट अन्तिम पाँच जनाको नाम छनोट गरिनेछ। सोही सूचीका आधारमा समितिले उपयुक्त तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ, जसमध्ये एक जनालाई सरकारले आगामी ४ वर्षका लागि धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ।

अघिल्ला अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाखमा राजीनामा दिएपछि यो पद रिक्त भएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit