images images images
images images images
images
images
images

कर तिर्ने दायित्व बोध गर्न अध्यक्ष महर्जनको आग्रह

images

काठमाडौं । काठमाडौं महानगरपािलकाले स्थानीय सेवा सञ्चालन तथा व्यवस्थापन गर्न सरकारलाई उत्तरदायी बनाउने स्थानीय कर समयमै तिरी जिम्मेवार हुन नागरिकलाई आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले खिचापोखरी न्युरोड व्यापार संघसँग सहकार्य गर्दै वडाले आयोजना गरेको करदाता शिक्षा कार्यक्रममा यस्तो बताएका हुन् । आर्थिक सामाजिक क्षेत्रको सन्तुलित विकासका लागि सरकार र नागरिकको समान दायित्व हुने धारणा राख्दै महर्जनले जन्मदेखि मृत्यु पर्यन्तका सुख दुःखमा साथ दिने स्थानीय तहलाई सेवा सञ्चालन गर्न समयमै कर तिरेर सहयोग पुर्याउनुपर्नेमा जोड दिए ।

images
images

उनले प्रचलित व्यवस्थाले तोके बमोजिम कर तिर्नु नागरिकको पहिलो दायित्व भएको बताउँदै समयमा कर तिर्ने दायित्व बोध गर्न आग्रह गरे ।
कार्यक्रममा वाणिज्य विभागका निर्देशक जगदिश अर्यालले, व्यापारिक बस्तु र सेवाको गुणस्तरका बारेमा प्रस्तुतिकरण दिँदै सामानको मूल्य, खरिद विल र बिक्री बिल, सामानको गुणस्तर जस्ता विषय व्यवसायीका अनिवार्य शर्त रहेको उल्लेख गरे । यस्तै, महानगरपालिकाको वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीले, महानगरपालिकालाई बुझाउनु पर्ने विज्ञापन कर, मनोरञ्जन कर, घरबहाल कर, सम्पत्ति कर, व्यवसाय करका सिद्धान्त र व्यवहारका विषयमा आफ्नो धारणा राखे ।

स्थानीय तहलाई बुझाएको कर स्थानीय विकासमा खर्च भएको तत्काल अनुभूत गर्न सकिने अधिकारीको भनाइ थियो । छलफलमा व्यवसायीहरुले रेष्टुरेन्टहरुले प्रदान गर्ने सेवाअनुसारको मूल्य सूची हुने बताउँदै कहिलेकाही सेवा नहेरी मूल्य मात्र हेरिदिँदा समस्या सिर्जना हुने गरेको गुनासो गरे । थोक मूल्य र खुद्रा मूल्यको कुरा गर्दै व्यवसायीहरुले सबै कारोबारहरुले खरिद बिल र बिक्री बिलको प्रयोगलाई अनिवार्य गराउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

वडा सचिव ज्ञानेन्द्र विवशका अनुसार वडाभित्र ९ हजार १५० व्यवसाय दर्ता छन् । वडामा ३ हजार १३ जना सम्पत्ति करदाता छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्