Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

एफएनसीसीआई निर्वाचन परिणाम : जिल्ला नगर उपाध्यक्षमा शर्मा र श्रेष्ठ विजयी

एफएनसीसीआई निर्वाचन परिणाम : जिल्ला नगर उपाध्यक्षमा शर्मा र श्रेष्ठ विजयी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला–नगरतर्फको उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार, कृष्णप्रसाद शर्माले ८७ मत र दिलसुन्दर श्रेष्ठले ८० मत प्राप्त गर्दै जित सुनिश्चित गरेका हुन्। विजयी दुवै उम्मेदवार महासंघका स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूहका हुन् ।

यसैगरी, अर्कोतर्फ, वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालको समूहबाट प्रतिस्पर्धा गरेका उमेश डालमिया र कल्पना गैरे भने पराजित भएका छन्। निर्वाचन समितिका अनुसार डालमियाले ५० मत र गैरेले ३० मत मात्र प्राप्त गरे।

खुल्ला सदस्यतर्फको नतिजा
जिल्ला–नगर खुल्लातर्फको सदस्य पदमा पनि अञ्जन श्रेष्ठ समूहकै वर्चस्व देखिएको छ।

को–को भए सदस्य पदमा निर्वाचित ?

अर्जुनकुमार श्रेष्ठ

प्रयास कार्की

कृष्ण कटुवाल

लक्ष्मणराज पौडेल

छत्रधर आत्रेय

मोहनप्रसाद श्रेष्ठ

सन्तोष खड्का

दीपक नेपाल

केशवप्रसाद भण्डारी

हरिप्रसाद अर्याल

ताराबहादुर कार्की

शंकर गिरी

उज्ज्वलप्रसाद कसजु

सुदर्शन कार्की

यसैगरी, महिलातर्फको सदस्य पदमा गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन्। निर्वाचन मत परिणामले महासंघभित्र अञ्जन श्रेष्ठ समूहको पकड बलियो बनाउने संकेत गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit