काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनका महसुल बक्यौता बुझाउन बाँकी रहेका उद्योगीहरुलाई नेपाल विद्युत् प्राधिकरणले धरौटी जम्मा गर्न एक महिनाको समय सिमा दिएको छ ।
प्राधिकरणले जेठ मसान्तसम्म बक्यौताको ५ प्रतिशत नगद वा एक वर्षको म्याद रहने गरी जारी भएको बैंक ग्यारेन्टी धरौटी जम्मा गरी पुनरावेदनमा आउन उद्योगी व्यवसायीलाई आग्रह गरेको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै पुनरावेदनका लागि निवेदन दिने म्याद एक महिना तोकेको हो । वैशाख २१ गते बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठकले एक महिनाभित्र पुनरावदेनमा आउनका लागि उद्योगीहरुलाई सूचना जारी गर्ने निर्णय गरेसँगै प्राधिकरणले आज उक्त सूचना जारी गरेको हो ।








कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्