images images images
images images images
images
images
images

गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह

images

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ कार्यक्रममा उनले नेपालमा लगानी गर्ने सहज वातावरण अझै पनि नभएको भन्दै नेपालको आर्थिक समृद्धिका लागि एनआरएनलाई लगानीमैत्री वातावरण तयार गराउन सरकारसँग आग्रह गरेका हुन् ।

images
images

“समृद्ध नेपाल बनाउन हामी गैरआवासीय नेपालीहरूले साथ दिन्छौँ । तर हाम्रा माग सम्बोधन गर्न राज्य तयार हुनुपर्छ”, उनले भने, “आर्थिक राजनीति र सामाजिक अधिकारका लागि हामीले उठाएका माग पूरा गर्न राज्यले सहयोग गरोस् । लगानीमैत्री वातावरण बनाएमा गैरआवासीय नेपालीले स्वदेशमा लगानी गरेर रोजगारी वृद्धि तथा आर्थिक विकासमा सहयोग गर्नेछन् ।” केसीले गैरआवासीय सबै नेपालीलाई छिटो र सहज रूपमा नागरिकता उपलब्ध गराउने वातावरण तय गर्नका लागि पनि केसीले सरकारसँग आग्रह गरे ।

सङ्घका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपालीले मुलुकको सामाजिक, आर्थिक विकासमा योगदान गर्दै आइरहेका भन्दै एनआरएनएमा देखिएका विविध चुनौतीहरू समाधान भएमा अझै योगदान बढ्ने बताइन् । “हामीले उठाएका मागहरू अझै पनि छायामा छन् । ती माग (एजेण्डा) कार्यान्वयनका लागि सङ्घका तर्फबाट म सरकारसँग आग्रह गर्दछु । आर्थिक विकासमा देखिएका चुनौतीसहित अन्य विषयमा ग्लोबल कन्क्लेभमा छलफल गर्ने छौँ”, उनले भनिन् ।

यस्तै, उपाध्यक्ष टिबी कार्कीले एनआरएनएमा पराजित समूहले अनावश्यक विरोध गर्दा समस्या पैदा भइरहेको बताए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्