Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

महासंघ कार्यकारिणी सदस्यमा रोशनी धौबन्जाको उम्मेदवारी

महासंघ कार्यकारिणी सदस्यमा रोशनी धौबन्जाको उम्मेदवारी
विज्ञापन
Advertisement

काठमाडाैं । भरतपुर उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष रोशनी मैयाँ धौबन्जाले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य (जिल्ला नगरतर्फ महिला आरक्षण कोटा) पदमा उम्मेदवारी घोषणा गरेकी छन्। उनले महासंघको ६०औँ साधारणसभा तथा निर्वाचनमा आफूलाई विजयी गराउन सम्पूर्ण मतदातासँग माग गरेकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

धौबन्जाले उद्योग वाणिज्य क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव हासिल गरेकी छन्। उनी लामो समय भक्तपुर उद्योग वाणिज्य संघमा आबद्ध रहँदै विभिन्न भूमिकामा सक्रिय रही कार्य गरिसकेकी छन्।

भरतपुर उद्योग वाणिज्य संघको ५७ वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी धौबन्जा हाल निवर्तमान अध्यक्ष हुन्। साथै, उनी नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशकी पूर्व कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्यको रूपमा पनि अनुभव बटुलेकी छन्।

उनले आफ्नो अनुभव र नेतृत्व क्षमताको आधारमा महासंघमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायीहरूको हितमा काम गर्ने लक्ष्य रहेको बताएकी छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit