काठमाडाैं । आगामी आर्थिक बर्षको बजेट विनियोजनपछि आज पहिलोपटक खुलेको शेयर बजारमा लगानीकर्ता ढुक्क हुन सकेनन् । बजेटमा पुँजी बजारको सुधारलाई नीतिगत सुधार गर्ने प्रतिवद्धता र निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र सुधार गर्ने बताइरहँदा शेयर लगानीकर्ताहरु भने पुँजी बजारमा ढुक्क भएर लगानी खन्याउन सक्ने अबस्थामा देखिएनन् । सोमबार नेप्से परिसूचक १.६० अंकले बढेर २ हजार ६९४.६६ विन्दुमा आइपुगेको छ ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१४ कम्पनीको २ करोड २० लाख कित्ता शेयर किनबेचहुँदा ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । यसमध्ये न्यादी ग्रु पावरको ८७ करोड ४७ लाख कित्ता शेयर किनबेचहुँदा राधि विद्युत कम्पनी,युनिभर्सल पावर कम्पनी,हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्टको ३७ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै यो दिन ओम मेघाश्री फार्मास्यूटिकल्स,पियोर इनर्जी,सप्तकोशी डेभलपमेन्ट बैंक,न्यादी हाइड्रो पावर,कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.३५ प्रतिशतदेखि १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यो दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, बोलटर नेपाल(बालाजु)वेन नेपाल लघुवित्त वित्तीय संस्था,अपर हेवा खोला जलविद्युत कम्पनीको २.८७ प्रतिशतदेखि ६.४५ प्रतिशतले घटेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्