Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

रास्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्ने

रास्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

उक्त कार्यक्रमका लागि सहमहामन्त्री विपिनकुमार आचार्यलाई आयोजक समितिको संयोजक तोकेको छ । यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस मनाउने निर्णय गरेको छ । सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका पार्टी सभापति रवि लामिछानेलाई झुठा मुद्दा लगाइएकोसमेत सो पार्टीले ठहर गरेको छ ।

बैठकमा प्रदेश इञ्चार्जहरू सन्तोष परियार (कोसी), मनिष झा (मधेस), लिमा अधिकारी (बागमती), शिशिर खनाल (गण्डकी), विपिनकुमार आचार्य (लुम्बिनी) गणेश पराजुली (कर्णाली) र हरि ढकाल(सुदूरपश्चिम) ले पार्टीको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit