Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

त्रिदेशीय टी–२०आई सिरिजः स्कटल्याण्डलाई हराउँदै नेपालको पहिलो जित

त्रिदेशीय टी–२०आई सिरिजः स्कटल्याण्डलाई हराउँदै नेपालको पहिलो जित
विज्ञापन
Advertisement

काठमाडाैं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले घरेलु टोली स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो।

विज्ञापन
Advertisement
Advertisement

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रनको योगदान दिए। उनले ३५ बल खेल्दै ४ चौका प्रहार गरे। अन्य ब्याटरले भने ठोस प्रदर्शन गर्न सकेनन्। लोकेश बमले ९, अनिलकुमार शाहले ३, कप्तान रोहित पौडेलले ७, बसिर अहमदले १३, रुपेश सिंहले ३, किरण ठगुन्नाले १० तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए। अन्त्यमा सन्दीप लामिछाने (१ रन) र करण केसी (३ रन) अविजित रहेर टिमलाई जितसम्म पु¥याए।

बलिङतर्फ स्कटल्याण्डका माइकल लिस्क र सफायान सरिफले समान २ विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले १९ ओभर ४ बलमा ९७ रन बनाएको थियो। माइकल लिस्क बाहेक अन्य ब्याटर नेपाली बलरसामु टिक्न सकेनन्। लिस्कले ४७ रन बनाए।

नेपालका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिए। करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट झारे। यो जितसँगै नेपालले सिरिजमा पहिलो जित दर्ता गरेको छ। अब नेपालले आफ्नो तेस्रो खेल बिहीवार नेदरल्यान्ड्ससँग खेल्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit