Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी संस्थाका सदस्य किसानले कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रमा हासिल गरेको उपलब्धि र आगामी दिनमा अवलम्बन गर्न सकिने नवीन अभ्यासका बारेमा कार्य गर्नेगरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सङ्घका अध्यक्ष खेमबहादुर पाठक र विश्वविद्यालयको तर्फबाट योजना निर्देशनालयका निर्देशक प्रा डा शिवचन्द्र ढकालको उपस्थितिमा सङ्घका महाप्रबन्धक डा रुद्रबहादुर श्रेष्ठ र विश्वविद्यालयको तर्फबाट प्रा डा शारदा थपलियाले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका थिए ।

सम्झौतापश्चात अध्यक्ष पाठक र विश्वविद्यालयको तर्फबाट प्रा डा थपलियाले बोल्नुहुँदै नेपालको पशुपालन र कृषि क्षेत्रको विकासका लागि यो सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

सम्झौतामा दिगो कृषि, बीउ उत्पादन, जलवायु परिवर्तन अनुकूलन, सहकारी विकास, जैविक विविधता संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग, विपद् जोखिम व्यवस्थापन गर्ने विषय उल्लेख छ । यस्तै, खाद्य सुरक्षा, जैविक खेती, कृषि पर्यटन, उद्यम विकास, बजार, नवीकरणीय ऊर्जा अनुसन्धान, नीति वकालत र ज्ञान–सूचना प्रवाहसम्बन्धी संयुक्त परियोजना निर्माण र कार्यान्वयन गर्ने विषय समावेश छ ।

सम्झौतापत्रमा कृषि–खाद्य प्रणाली, कृषि सहकारी र ग्रामीण रुपान्तरणसम्बन्धी नीति संवाद, सेमिनार तथा कार्यशाला सञ्चालन गर्ने विषय समावेश छ ।

कृषि, वन तथा प्राकृतिक स्रोतसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, कृषि तथा वन क्षेत्रका विशेषज्ञता, तथ्याङ्क र उत्कृष्ट अभ्यासको आदानप्रदान गर्ने विषय पनि सम्भौतामा समेटिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit