काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलाको २ हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मोल २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन (मंगलबार) सोही परिमाणको सुनको भाउ २ लाख ३९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा किनबेच भएको थियो ।



कर्पोरेट समाचार 























प्रतिक्रिया दिनुहोस्