Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग आज छलफल गर्दै प्रधानमन्त्री, को-को हुँदैछन् सहभागी ?

सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग आज छलफल गर्दै प्रधानमन्त्री, को-को हुँदैछन् सहभागी ?
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज विभिन्न राजनीतिक दलसँग छलफल गर्ने भएकी छिन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री कार्कीले सरकारले हालसम्म सञ्चालन गरेका गतिविधि, निर्णय तथा आगामी योजनाबारे राजनीतिक दलहरूलाई जानकारी गराउने उद्देश्यले बुधबार महत्त्वपूर्ण सर्वदलीय बैठक आह्वान गरेकी हुन्। गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बैठकका लागि निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई बोलाइएको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ः०० बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त सर्वदलीय बैठकमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेकपा एमाबाट महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलगायत सहभागी हुने बताइएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit