Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आज ५० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

आज ५० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं । केन्द्रीय बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप झिक्न लागेको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) चुलिँदा राष्ट्र बैंकले पछिल्लो समय लामो समयका लागि बजारबाट पैसा झिक्न थालेको हो।

विज्ञापन
Advertisement
Advertisement

वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत बुधबार राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप झिक्न सूचना जारी गरेको छ। आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ माघ २८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । उक्त रकम ८४ दिनका लागि झिक्न लागेको केन्द्रीय बैंकले जनाएको छ । यसका लागि आज मध्यान्ह २ः०० बजेसम्म अनलाइनमार्फत बोलकबोल हुनेछ। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने उल्लेख छ। निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ। अहिले कुल निक्षेप ७४ खर्बभन्दा बढी पुगेको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit