Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिद्धार्थ बैंकको चौबिसौँ वार्षिक साधारण सभा सम्पन्न, पाँच प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको चौबिसौँ वार्षिक साधारण सभा सम्पन्न, पाँच प्रतिशत लाभांश प्रस्ताव
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो चौबिसौँ वार्षिक साधारण सभा २०८२ कार्तिक ३० गते आइतबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न गरेको छ। सभामा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालले अध्यक्षता गरेका थिए।

विज्ञापन
Advertisement
Advertisement

सभाले आर्थिक वर्ष २०८१-८२ का लागि कुल ५ प्रतिशत बोनस शेयर तथा ५.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। यसअनुसार बैंकको विद्यमान चुक्ता पूँजी  १४,०८,९९,८०,१९० मा आधारित भइ  ७०,४४,९९,०१० बराबरको बोनस शेयर र रु। ७७,९१,७५,९०५ बराबरको नगद लाभांश वितरण गरिने छ।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्दै २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा स्वपूँजी (इक्विटी) परिवर्तन विवरण पनि अनुमोदन गरेको छ। साथै आगामी वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।

सिद्धार्थ बैंकले डिजिटल प्रवर्द्धन, सेवा विस्तार तथा ग्राहकमैत्री परिचालन प्रक्रियामार्फत आफ्नो सेवाक्षमता अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit