images
images
images

रियलमी १५प्रो ५जी नेपाली बजारमा उपलब्ध, मूल्य कति ?

images
images
images

काठमाडौं । अग्रगामी स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी १५ प्रो ५जीको नेपालमा बिक्री सुरु गरेको छ । इमेजिङ, शक्तिशाली एआई फिचर र प्रिमियम प्रयोगकर्ता अनुभवका साथ आएको यो मोडललाई कम्पनीले नेपालको अल्टिमेट एआई पार्टी फोनका रूपमा प्रस्तुत गरेको जनाएको छ ।

युवा वर्गलाई लक्षित गरि डिजाइन गरिएको उक्त फोनमा सिर्जनशीलता, प्रदर्शन र शैलीलाई प्राथमिकता दिएको कम्पनीको भनाइ छ। यो स्मार्टफोन नेपालभरका रियलमी आधिकारीक विक्रेतामा उपलब्ध रहेको छ । कम्पनीले १२जीबी + २५६जीबी फोनको ६६,९९९ रुपैयाँ र १२जीबी + ५१२जीबी ७१,९९९ रुपैयाँ मूल्य तोकेको छ । यो मोडल फ्लोइङ सिल्भर र भेल्भेट ग्रीन गरि दुई आकर्षक रंगमा उपलब्ध छ ।

images

रियलमी १५ प्रो ५जी ले समावेश गरेका केही प्रमुख फिचरहरू ४के ६० एफपीएस भिडियो रेकर्डिङ, ६५०० निट्स अल्ट्रा–ब्राइट डिस्प्ले, ७०००एमएएच् ब्याट्री र ८० डब्लू फास्ट चार्जिङ, साथै १४४ हर्ज अल्ट्रा–स्मूथ स्क्रिनले यसलाई आफ्नो श्रेणीमै विशेष बनाएको जनाएको छ । यसमा रहेको सोनी आईएमएक्स ८९० ओआईएस सहितको ट्रिपल ५० एमपी अल्ट्रा क्लियर क्यामेरा सिस्टम, ५० एमपी हाई–रेज फ्रन्ट क्यामेरा, र स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर ले फोटोग्राफी, भिडियो, गेमिङ र दैनिक काम सबैमा उत्कृष्ट प्रदर्शन प्रदान गर्छ ।

साथै, आईपी६९/आईपी६८/आईपी६६ पानी तथा धुलो प्रतिरोध, कर्निङ ग्लास सुरक्षा, ७००० एमएम² एअरफ्लो भिसी कूलिङ सिस्टम, र पल्स लाइट डिजाइन जस्ता फिचरहरूले यसलाई कार्यक्षमता र डिजाइन दुवैमा सशक्त बनाएको छ । मिड–प्रिमीयम श्रेणीलाई लक्षित गर्दै ल्याइएका यस मोडलमार्फत रियलमी १५ प्रो ५जी ले प्रयोगकर्तालाई भरोसायोग्य प्रदर्शन र आधुनिक, स्टाइलिश अनुभव प्रदान गर्ने कम्पनिको विस्वास छ ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्