images
images
images

चुनौतिकाबीच देशको ढुकुटीमा २५.५९ अर्ब कर दाखिला गर्न पाउँदा गर्व छ : निर्वाण चौधरी

images
images
images

काठमाडौं । चैधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले राज्यको ढुकुटीमा सीजीले कूल राजस्वको करिब २.३५ कर दाखिला गरेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा सीजीको कर योगदानलाई राज्यले कदर गरेको प्रति खुशी व्यक्त गर्दै उनले लेखेका छन्, ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभार।’

images

यस्तै उनले गत वर्ष सीजीले कूल राजस्वको करिब २.३५ कर तिरेको जानकारी दिँदै राज्यको ढुकुटीमा योगदान गर्न पाउँदा गर्व लागेको बताएका छन् । ‘गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३५ योगदान दियो। चुनौतिबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व छ,’चौधरीले लेखेका छन् ।

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस– २०८२ को अवसर पारेर सोमबार आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको थियो । आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) दुवैका विवरणका आधारमा १४ विधामा उत्कृष्ट योगदान दिने करदाताहरूलाई सम्मान गरिएको थियो ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्