Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

ङादी ग्रुप पावरले शेयरधनिलाई पाँच प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारणसभा

ङादी ग्रुप पावरले शेयरधनिलाई पाँच प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारणसभा
विज्ञापन
Advertisement

काठमाडौं । ङादी ग्रुप पावरले पाँच प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ का लािग हाल कायम चुक्तापुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ५०० रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

जसमा ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश छुट्याइएको कम्पनीले जनाएको छ।उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनी सञ्चालक समितिले मंसिर २५ गते १२ औं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको शंखपार्कस्थित एक होटलमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ।

सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। यस्तै, बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव समेत सभाले पारित गर्ने कम्पनीले जनाएको छ । सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नुका साथै सञ्चालकहरुको नियुक्ति पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा आयोजनाको प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्दैछ । मंसिर १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले कम्पनीले दिने लाभांश पाउनेछन् ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit