images images images
images images images
images
images
images

जेन जी आन्दोलनपछि पहिलोपटक सरकारी सवारी साधनको पूर्ण निर्जीवन बीमा सुरु

images

काठमाडाैं । सरकारले जेन जी आन्दोलनपछि पहिलोपटक सरकारी सवारी साधनको पूर्ण निर्जीवन बीमा सुरु गरेकाे छ । पहिलो चरणमा अर्थ मन्त्रालयको स्वामित्वमा रहेको २० वटा चारपांग्रे सवारीसाधन नेपाल बीमा कम्पनीमार्फत पूर्ण बीमा गरिएको हो।

यसबाट आगामी दिनमा सरकारी सवारीसाधन आगलागी, दुर्घटनाजस्ता कारणबाट क्षति हुन गएमा बीमा दाबीको रकमबाट सवारीसाधन खरिद गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ।

images
images

जसका कारण कोषबाट हुने खर्चमा कमी आउने, प्राथमिकताकाप्राप्त क्षेत्रमा स्रोत व्यवस्थापन सहज हुने र सार्वजनिक वित्त व्यवस्थान प्रभावकारी हुने अपेक्षासमेत रहेको मन्त्रालयले जनाएको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सरकारी सवारीसाधनमा आगाली हुँदा ठूलो क्षती भएको थियो। त्यसलगत्तै बनेको सरकारले २०८२ असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारी सवारीसाधनको पूर्ण निर्जीवन बीमा गर्ने निर्णय गरेको थियो।

images
images

प्रतिक्रिया दिनुहोस्