Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दुई पटक सूचना निकाल्दा समेत उपकुलपतिका लागि आवेदन नपरेपछि ऐन नै संशोधन गनुपर्ने अवस्थामा विश्वविद्यालय

दुई पटक सूचना निकाल्दा समेत उपकुलपतिका लागि आवेदन नपरेपछि ऐन नै संशोधन गनुपर्ने अवस्थामा विश्वविद्यालय
विज्ञापन
Advertisement

काठमाडौं । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नपरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चासो देखाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सार्वजनिक सूचना निकाल्दा समेत दरखास्त नपरेपछि आज मन्त्री पुनले आक्रोश पोखे । ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुईपटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन’, मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘कोही नेपाल आमाको देशभक्त सन्तान हुनुहुन्छ भने निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस् ।’

विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि सिफारिस समितिले गत १५ कात्तिकमा पहिलो पटक १५ दिने सूचना निकालेर आवेदन माग गरेको थियो । तर, उपकुलपतिका लागि आवेदन नपरेपछि फेरी ५ मंसिरसम्म म्याद थप गरेर समय बढाएको थियो ।

उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समितिका संयोजक तथा विश्वविद्यालयसभाका सदस्य प्रा.डा.जयराज अवस्थीले रजिस्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधिमा तोकिएको योग्यताको कारण उक्त पदमा आवेदन नपरेको जानकारी दिए ।

कार्यविधिअनुसार उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशिक्षासँग सम्बन्धित कुनै विधामा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै, विश्वविद्यालयको प्राध्यापक पदमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने एवं दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा भई ६१ वर्ष उमेर ननाघेको हुनुपर्नेलगायतका योग्यता चाहिन्छन् ।

संयोजक अवस्थीका अनुसार थपिएको म्यादमा पनि आवेदन नपरेपछि ऐन नै संशोधन गनुपर्ने अवस्था देखिएको छ । यद्यपी विश्वविद्यालयको रजिस्ट्रारका लागि भने १० जनाको आवेदन स्वीकृत भर्इ तीन जनालाई नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिने संयोजक अवस्थीले जानकारी दिए ।  सङ्घीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit