images
images
images
images

सुनको मूल्यमा दिनदिनै नयाँ कीर्तिमान, आज दुई लाख ६० हजार रुपैयाँ नाघ्यो

images
images
images

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनको भाउले हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेर २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि निर्धारण भएको यो मूल्य हालसम्मकै महँगो हो।

यसअघि असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । उक्त रेकर्ड अघिल्लो कारोबार दिन (आइतबार) मात्रै तोडिएको थियो। हिजो सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा किनबेच भएको चाँदीको मोल ३ हजार ८७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसअघि चाँदीको भाउ गत शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेर महँगो मूल्यको रेकर्ड कायम गरेको थियो।

images
images

प्रतिक्रिया दिनुहोस्

Corporate Samachar
images images
SKIP THIS