काठमाडौं । रमेश कर्प समूह अन्तर्गत पर्ने टेलिनेट प्रा.लि.ले विश्वकै अग्रणी सेल्सफोर्स सँगको सहकार्य गर्दै नेपाली उद्योग तथा व्यवसायको डिजिटल रूपान्तरणलाई अझ तीव्रता दिने भएको छ ।
दुई बीचको साझेदारीले नेपाली व्यवसाय संचालनको तरिकालाई आधुनिक बनाउँदै, विश्वस्तरीय डिजिटल समाधान तथा विशेषज्ञ स्थानीय समर्थनको पहुँच उपलब्ध गराउने कम्पनीले जनाएको छ । नेपालका व्यवसायीहरूले सम्पूर्ण सेल्सफोर्स प्लेटफर्म तथा स्थानीय सपोर्ट सुविधासहित आफ्नो कामलाई अझ प्रभावकारी बनाउन सक्नेछन् ।
टेलिनेट प्रा.लि.स्थानीय कार्यान्वयन तथा समर्थन साझेदारका रूपमा रहनेछ । यस साझेदारीको माध्यमबाट नेपालका कम्पनीहरूले सेल्सफोर्सका सबै प्रमुख टुलहरू सजिलै अपनाउन सक्नेछन्। टेलिनेटले नेपालमै सेल्सफोर्सको सपोर्ट र इम्प्लिमेन्टेशन पार्टनरको रूपमा काम गर्ने कम्पनीले जनाएको छ । जसले व्यवसायहरूलाई एजेन्टफोर्स सेल्स, स्ल्याक सेवाको उपयोग गर्न थप सजिलो बनाउनेछ ।
सेल्सफोर्सका प्रवक्ता प्रवर गौतमका अनुसार एआई प्रविविधले ल्याएको परिवर्तनसँगै नेपाली व्यवसायहरूलाई डिजिटल रूपान्तरण गर्न दुई संस्थाबीचमा सहकार्य गरिएको हो । उनले भने, ‘टेलिनेटसँगको सहकार्यमार्फत नेपालमा हाम्रो उपस्थिति विस्तार गर्न पाउँदा हामी उत्साहित छौँ । एजेण्टिक एआई क्रान्तिका बीच नेपाली व्यवसायहरूले डिजिटल रूपान्तरणलाई गति दिइरहेका छन्, र हामी यस रुपान्तरणलाई उत्कृष्ट ग्राहक अनुभव, उच्च उत्पादकता र दिगो वृद्धि हासिल गर्न मद्दत गर्न प्रतिवद्ध छौँ ।’
टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवाँकुर सूदले भने, ‘वर्षौँदेखि विश्वस्तरीय डिजिटल उपकरणहरूको प्रभावकारी प्रयोग नेपाली व्यवसायका लागि चुनौती थियो । अब यो चुनौती अन्त्य हुँदैछ’ उनले भने,‘ टेलिनेट अब नेपालमा सेल्सफोर्सको अग्रमोर्चा हो-विशेषज्ञ स्थानीय परामर्श, समर्पित प्रशिक्षण, र पूर्ण रूपमा अनुकूलित समाधान उपलब्ध गराउँदै एआईआधारित विश्लेषणदेखि सहज सहकार्यसम्म, हामी नेपाली व्यवसायहरूको चुनौती समाधान र ठूलो मात्रामा वृद्धिका लागि आवश्यक सम्पूर्ण क्षमता प्रदान गर्दैछौँ ।’
सेल्सफोर्स र टेलिनेटले प्रारम्भिक चरणमा प्रमुख आर्थिक क्षेत्रमा लक्षित परामर्श, प्रशिक्षण र छिटो कार्यान्वयन सेवा प्रदान गर्दै द्रुत, प्रभावकारी रुपमा व्यवसायिक परिणाम सुनिश्चित गर्ने जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्