Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

कवि महेश बाबु तिमल्सिनाको नयाँ कृति ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

कवि महेश बाबु तिमल्सिनाको नयाँ कृति ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडाैं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार काठमाडौंस्थित नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। किताब जात्रा–पुस्तक लोकार्पण समारोहमा साहित्यकार, समालोचक, पाठक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो।

विज्ञापन
Advertisement
Advertisement

द्वैभाषिक (नेपाली–अंग्रेजी) स्वरूपमा प्रकाशित यस कृतिमा कवि तिमल्सिनाको मूल नेपाली कविता र उनका १४ वर्षका छोरा सम्राट बाबु तिमल्सिनाद्वारा गरिएको अंग्रेजी अनुवाद समावेश छ। ‘शरीर’, ‘मन’ र ‘आत्मा’ नामक तीन खण्डमा विभाजित पुस्तकमा मानवीय संवेदना, सामाजिक यथार्थ, पहिचान, प्रकृतिको प्रहार, प्रेम–वियोग र दार्शनिक चिन्तनका तहहरू समेटिएका छन्।

कार्यक्रमको मुख्य आकर्षण कविता वाचन थियो। कवि तिमल्सिनाले ‘अन्तिम सलाम’ र ‘एउटा खराब सपना’ कविताहरू नेपालीमा वाचन गरे भने सम्राटले त्यसको अंग्रेजी रूपान्तरण प्रस्तुत गरे। दुवै भाषामा गरिएको प्रस्तुतीकरणले दर्शकमा विशेष प्रभाव पारेको आयोजकले जानकारी दिए।

यसअघि प्रकाशित तिमल्सिनाको कृति ‘अजम्मरी अक्षरहरू’ को शैली स्मरण गराउँदै समालोचकहरूले उनको लेखन जीवनबोध, समाजबोध र समयबोधका विविध कोणबाट विश्लेषणयोग्य रहेको टिप्पणी गरेका छन्।

कवि तिमल्सिनाले कार्यक्रम क्रममा भने, ‘मैले सरल नेपाली भाषामा मनका भावना उतारेँ, र सम्राटले त्यसलाई अंग्रेजीमा अत्यन्तै संवेदनशील रूपमा पुनःसृजना गरिदियो। नयाँ पुस्तालाई बुझाउन दुवै भाषामा पुस्तक प्रस्तुत गरिएको हो।’

अनुवादक सम्राटले आफ्नो अनुभव साझेदारी गर्दै भने, ‘अनुवाद भनेको शब्द बदल्नु होइन, भावना फेरि जन्माउनु हो। यसले मलाई कविता र बाबुलाई नयाँ नजरले बुझ्न सिकायो।’

कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले पुस्तकबारे आफ्नो धारणा राखे। राष्ट्रसंघका पूर्व राजदूत तथा प्रा. डा. जयराज आचार्यले नयाँ पुस्ताको सक्रियता प्रेरणादायक रहेको उल्लेख गर्दै सम्राटको अनुवाद प्रयासको प्रशंसा गरे।

कवि, गीतकार तथा उपन्यासकार विप्लव प्रतीकले नेपाली कविता गहिरोसँग बुझिनु आवश्यक रहेको बताउँदै एउटै पुस्तकमा नेपाली कविता र अंग्रेजी अनुवाद हुनु सकारात्मक पहल भएको टिप्पणी गरे।
मिडिया व्यक्तित्व टिकाराम यात्रीले ‘समाचार हराएको सूचना’ कविता वाचन गर्दै लेखक तथा अनुवादकलाई निरन्तर सिर्जनात्मक यात्राका लागि शुभकामना दिए।

कार्यक्रममा नेपाली र अंग्रेजी दुवै भाषामा कविता वाचन, लेखक–अनुवादक अन्तरक्रिया तथा पुस्तकको सिर्जनात्मक यात्राबारे प्रस्तुति गरिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit