images images
images images
images
images

३५ वर्षमा कांग्रेसले बाटो बिरायो, अब ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छः नेता चौधरी

images
images

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसको तर्फबाट ५० प्रतिशत नयाँ अनुहार पठाउनुपर्ने बताएका छन्।

आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेसले जेनजीका भावना प्रतिनिधित्व गरेको पार्टीको रुपमा आफूलाई उभ्याएको हेर्न चाहाने धारणा राखे । उनले भने,‘नेपाली कांग्रेसले अब कम्तिमा ५० प्रतिशत नयाँ अनुहार निर्वाचनमा सहभागी भएको हेर्न चाहन्छु ।  कांग्रेसले जेनजीका भावनाको प्रतिनिधि गरेको पार्टीको रुपमा आफूलाई उभ्याएको हेर्न चाहन्छ। राजनीतिलाई पेसा होइन्, समाज रुपान्तरण गर्ने महत्वपूर्ण प्लेटफर्म हो भनेर उभिन चाहनेलाई खुला रुपमा उभ्याउन चाहन्छ ।’

images

त्यस्तै, उनले ३५ वर्षको दौरानमा कांग्रेसले बाटो बिराएको स्वीकार गरे। सृजनशील, योग्य र क्षमता भएका व्यक्तिहरुलाई ढोका खोलेर भित्र्याउने राजनीति प्रणाली कांग्रेसले सृजना गर्न नसकेको उनको भनाइ छ । ‘हामीले ३५ वर्षको दौरानमा बाटो बिराएकै रहेछौं । हामीले एउटा यस्तो राजनीतिक प्रणालीको सृजना गर्न सकेनौं जहाँ सृजनसिल, योग्य र क्षमता भएका व्यक्तिहरुलाई हर किसिमबाट ढोका खोलेर भित्र्याउन सकियोस्’ उनले भने।

 

images
images

प्रतिक्रिया दिनुहोस्