Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

मध्यपूर्वमा युद्ध छेडिएपछि इरानमा रहेका नेपालीलाई अनुमतिबिना यात्रा नगर्न दूतावासको आग्रह

मध्यपूर्वमा युद्ध छेडिएपछि इरानमा रहेका नेपालीलाई अनुमतिबिना यात्रा नगर्न दूतावासको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले इरानमा रहेका नेपालीलाई स्थानीय प्रशासनबाट पूर्वअनुमति लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ । इरानसमेत हेर्ने दोहास्थित नेपाली दूतावासले शनिबार जारी गरेको सूचनामा भनिएको छ ‘इरानका सम्बन्धित अधिकारीहरूको पूर्वअनुमतिबिना यात्रा नगर्नुहोस्।’

विज्ञापन
Advertisement
Advertisement

दूतावासले मध्यपूर्वमा विकसित अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ ।‘इरानी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्नुहोस् । सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, उचित सावधानी अपनाउनुहोस् र नेपाली समुदायसँग नियमित सम्पर्क राख्नुहोस् ।’

दूतावासले इरानमा रहेका कुनै नेपालीलाई समस्या परे दूतावासको टेलिफोन नं ९७४–६६२१४४१९ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

इजरायल र अमेरिकाले शनिबार बिहान संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि नेपाली दूतावासले सूचना जारी गरेको हो। आफ्नो देशमाथि आक्रमण भएपछि जवाफमा इरानले इजरायलसँगै साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन, कतार र कुवेतमा रहेका अमेरिकी सैन्य वेसहरूमा समेत मिसाइल आक्रमण गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit