images
images
images
images

‘महिला सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन’

images
images
images

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको वास्तविक सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव नहुने बताएकी छन् ।

मिथिला आर्ट ट्रेनिङ कार्यक्रममा मन्त्री श्रेष्ठले समाजमा महिला सशक्तिकरणका नारा व्यापक रूपमा सुनिँदै आएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न आर्थिक आत्मनिर्भरताको आवश्यकता रहेको बताइन् । उनले भनिन्, ‘अहिले जताततै महिला सशक्तिकरणका नारा सुनिन्छन् । तर जबसम्म महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिँदैन, तबसम्म गरिएका नारा र प्रयासहरूको खास अर्थ हुँदैन ।’

images

मन्त्री श्रेष्ठले नेपाललाई निर्वाचनमय देशको रूपमा चित्रण गर्दै जनसंख्याको ५१ प्रतिशत महिला भएपनि मतदानमा उनीहरूको सहभागिता सन्तोषजनक नरहेको बताइन्। उनले देशभर महिलाको मतदान दर २५ देखि २८ प्रतिशतसम्म सीमित रहेको उल्लेख गर्दै मधेस प्रदेशमा यो आँकडा अझै कम रहेको धारणा राखिन् ।

उनले भनिन्, ‘निर्वाचनमय देश बनेको छ। नेपालमा ५१ प्रतिशत महिला हुनुहुन्छ। तर जब भोट खस्छ तपाईंको २५ देखि २८ प्रतिशतसम्म जान्छ तर मधेसमा त्यो आंकलन अझ कम छ। सबै दिदीबहिनीहरुले निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्नुपर्छ ।’

 

images
images

प्रतिक्रिया दिनुहोस्