Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

चुनावको प्रतीक्षामा थलिएको बङ्गलादेशी अर्थतन्त्र, बेरोजगारी दर ४.६३ प्रतिशत

चुनावको प्रतीक्षामा थलिएको बङ्गलादेशी अर्थतन्त्र, बेरोजगारी दर ४.६३ प्रतिशत
Anti-government-Protest-in-Bangladesh
विज्ञापन
Advertisement

काठमाडौं । सन् २०२४ को विद्रोहले वर्षौँदेखि चल्दै आएको स्वेच्छाचारी शासनको अन्त्य गरेपछि बङ्गलादेश राजनीतिक परिवर्तनको चरणमा छ। तर यस परिवर्तनसँगै देशले गहिरो आर्थिक सङ्कट पनि भोगिरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

कपडा उद्योगमा काम गर्ने लाखौँ मजदुरमध्ये सबिना खातुनजस्ता धेरैका लागि फेब्रुअरी १२ मा हुने चुनाव नै फेरि आशा जगाउने एकमात्र आधार बनेको छ । शेख हसिनाको सरकार पतन भएको करिब १८ महिनामा बङ्गलादेशले राजनीतिक अस्थिरतासँगै आर्थिक पीडा सहनुपरेको छ। नारायणगञ्जस्थित गार्मेन्ट कारखाना बन्द भएपछि बेरोजगार बनेकी ३० वर्षीया खाइन् । तर अहिले अधिकांश ठाउँमा रोजगारीका अवसर छैनन् ।

सरकारी तथ्याङ्कअनुसार अगस्ट २०२४ को विद्रोहपछि २४० वटा कारखाना बन्द भएका छन्। तीमध्ये धेरै कपडा उद्योगसँग सम्बन्धित छन्। यसले देशको कुल निर्यात आम्दानीको करिब ८० प्रतिशत हिस्सा ओगट्ने प्रमुख क्षेत्रलाई गम्भीर धक्का दिएको छ। केही कारखाना पूर्व सरकारसँग नजिक रहेका व्यवसायीको स्वामित्वमा थिए, जो विद्रोहपछि देश छाडेर भागेका छन् । कारखाना बन्द हुँदा ठूलो सङ्ख्यामा कामदार छाँटिएका छन् । ट्रेड युनियन नेताहरूका अनुसार गार्मेन्ट उद्योगमा निर्भर साना बजार, पसल र सहायक व्यवसायहरू पनि क्रमशः बन्द हुँदै गएका छन् । यसले बेरोजगारी र गरिबी थप बढाएको छ।

अन्तरिम सरकारले अर्थतन्त्र बिस्तारै सुधारतर्फ गएको दाबी गरे पनि विज्ञहरू चुनौती अझै गहिरो रहेको बताउँछन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष आर्थिक वृद्धि ४.७ प्रतिशत हुने अनुमान गरेको छ। तर बेरोजगारी दर ४.६३ प्रतिशत पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा उच्च हो। निर्यात घट्दो क्रममा छ भने निजी क्षेत्रको लगानी कमजोर नै देखिन्छ ।

कतिपय बेरोजगार मजदुरहरू अहिले अस्थायी साना काम गरेर गुजारा चलाइरहेका छन् । उनीहरूका अनुसार बढ्दो महँगीले दैनिक जीवन झनै कठिन बनाएको छ । ‘अर्थतन्त्र अघि बढेको जस्तो लाग्दैन, सबै कुरा अड्किएको छ’, एक पूर्व गार्मेन्ट कामदारले बताए ।

अर्थशास्त्रीहरूका अनुसार नयाँ सरकार आए पनि समस्याको समाधान सजिलै हुने छैन। तर बेरोजगार मजदुर र सर्वसाधारण नागरिक भने चुनावपछि देशको अर्थतन्त्र र रोजगारीको अवस्था सुधारिने आशा गर्दै प्रतीक्षामा छन् । एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit