images
images
images
images

रेखा थापालाई जेइको जे६ अफरोड ईभी हस्तान्तरण

images
images
images

काठमाडौं । नेपाली सिने जगतमा स्थापित नायिका एवं चलचित्र निर्देशक रेखा थापाको रोजाइमा जेइको जे६ अफरोड ईभी परेको छ । नेपालका लागि ओमोडा तथा जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्टले थापालाई सो कार हस्तान्तरण गरे।

सो अवसरमा नायिका थापाले आफूलाई जेइको जे६ मा भएका विभिन्न फिचर मन परेको र सो ईभी रोजेको बताइन् । वातावरणमैत्री सवारीसाधन प्रयोग गर्ने चाहना अनुरुप जेइको जे६ रोजेको उनको भनाइ छ।

images

अफरोड र अनरोड दुवै सडकमा सहजताका साथ ड्राइभ गर्न सकिने जे६ मा जेकोमा ६९.८ किलोवाट आवरको सीएटीएल ब्याट्री प्याक तथा १३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ४०० किलोमिटर डब्लुएलटीपी माथि रेन्ज दिने कम्पनी दाबी छ ।

अत्याधुनिक र सुविधासम्पन्न फिचर्सहरु उपलब्ध जे६ मा आकर्षक इन्टेरियर, ठूलो टचस्क्रिन, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लियरेन्स रहेका छन् । नेपालमा जेइको जे६ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्