Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

ग्यासको अभाव नरहेको निगमको स्पष्टोक्ति

ग्यासको अभाव नरहेको निगमको स्पष्टोक्ति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ लाख ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ। यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो ।

सो परिणाम जाडोयामको माग धान्न पुग्ने ग्यास भएको निगमले जनाएको छ। हाल केही एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकाले ती उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराउन निर्देशन दिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

बजारमा एलपी ग्यासको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्यनजर गरी फेब्रुअरी महिनाका लागि साविकको परिणाममा दुई हजार मेट्रिक टन थप गरिएको उनको भनाइ छ । आवश्यकताअनुसार मात्र ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्नसमेत नागरिकलाई निगमले आग्रह गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit