Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

हायात प्लेस बुटवलको भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर

हायात प्लेस बुटवलको भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर
विज्ञापन
Advertisement

बुटवल। बुटवलको मुटुमा अवस्थित प्रिमियम होटल हायात प्लेस बुटवल ले यस वर्षको भ्यालेन्टाइन्स डे (प्रेम दिवस) लाई लक्षित गर्दै प्रेमी–प्रेमिकाहरूका लागि विशेष ‘रोमान्टिक एस्केप’ प्याकेज सार्वजनिक गरेको छ। ‘एन इभिनिङ ड्याट लिङ्गर्स’ नाम दिइएको यो प्याकेज एक जोडीका लागि १४ हजार ९ सय ९९ (नेट) मा उपलब्ध हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

होटलका अनुसार, प्रेम र आत्मीयताको क्षणलाई अझ विशेष बनाउने उद्देश्यले ल्याइएको यस प्याकेजले जोडीहरूलाई शान्त वातावरण, स्तरीय आतिथ्य र अविस्मरणीय अनुभव प्रदान गर्नेछ।

अविस्मरणीय बसाइ र स्वादिलो खानपान

यस प्याकेज अन्तर्गत जोडीहरूले एक रातको बसाइ, ब्रेकफास्ट इन बेड, भव्य रोमान्टिक बुफे डिनर, दुई गिलास स्पार्कलिङ वाइन तथा सट्सको स्वाद लिन सक्नेछन्। साथै, ‘अनवाइन्ड टुगेदर’ अफर अन्तर्गत ६० वा ९० मिनेटको स्पा सेसन बुक गर्दा १५ प्रतिशत विशेष छुट समेत प्रदान गरिने होटलले जनाएको छ।

शान्त र मनोरम वातावरण

होटलमा १०९ वटा फराकिला कोठाहरू रहेका छन्, जहाँबाट हरियाली जंगल र डाँडाकाँडाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। आधुनिक सुविधा र शान्त परिवेशको संयोजनले हायात प्लेस बुटवललाई एकान्तमा समय बिताउन चाहने जोडीहरूका लागि उपयुक्त गन्तव्य बनाएको छ।

भ्यालेन्टाइन्स डे विशेष डिनर डेट का लागि होटलको जिङ बार मा अन्तर्राष्ट्रिय परिकार र स्थानीय स्वाद मिसाइएका विशेष ककटेलहरू उपलब्ध हुनेछन्। हायात प्लेस बुटवलका हेड सेफ उमेश तामाङ भन्छन्, ‘भ्यालेन्टाइन्स डे लाई लक्षित गर्दै हामीले जोडीहरूका लागि असाधारण मेनु तयार गरेका छौं। जिङ रेस्टुरेन्टको आकर्षक डेकोर र मौलिक स्वादले जोडीहरूलाई एक–अर्कासँग अझ नजिक ल्याउने विश्वास लिएका छौं।’

बुटवलको रोमान्टिक परिवेश

होटल बाहिर पनि बुटवलको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यले जोडीहरूलाई आकर्षित गर्छ। मणिमुकुन्द सेन पार्क, जितगढी किल्ला, सिद्धबाबा मन्दिर र तिनाउ नदी किनार जस्ता स्थलहरूले बुटवललाई अझ रोमान्टिक बनाएका छन्।

प्रेम र आत्मीयताको उत्सव

शान्त गोरेटोमा साँझको हिँडाइ, सँगै स्पाको आनन्द वा हात समाएर सहर घुम्ने रहर -हायात प्लेस बुटवलले भ्यालेन्टाइन्स डे लाई प्रेम, सम्बन्ध र साथको अविस्मरणीय उत्सवमा बदल्ने वाचा गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit